फोटो साभार उज्यालोबाट
चितवन १६ बैशाख
चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा आर्थिक अनियमितता भएको असंकामा अख्तियार दुरुपयोग अनुसान्धान आयोग हेटौडाको टोलीले छापा मारेको छ । प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियोl रातको समयमा कर्मचारीले सामान ओसारेको सीसीटीभी फुटेज बाहिरिएपछि सामग्रीको अनियमितता भएको आशंका गरिएकोले छापा मारी भएको बुझिएको छ ।
उक्त अस्पतालमा नै कार्यरत कर्मचारीले सामान चोरी गरेको आरोप बिभिन्न पक्षबाट लागने गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख शिवकुमार कार्कीको नेतृत्वमा आएको टोलीले अस्पतालका कागजपत्रहरु नियन्त्रणमा लिएको छ । प्रारम्भिक चरणको अनुसन्धान सुरु भएको जानकारी दिँदै उहाँले कागजपत्र संकलन गर्ने काम भएको जानकारी दिनुभयो । अहिले एकातिर माहामारीको समयमा मौक़ा देखि चौका हान्ने काम भईरहेको नागरी स्तरबाट टिपण्णी हून थालेको छ l