धर्मेन्द्र कुमार यादव- महोत्तरी,
सरकारले सासंद अपहरण हुँदा समेत मुद्दा दर्ता नगरेको भन्दै लकडाउनकै बिच महोत्तरीमा मशाल जुलुस प्रदर्शन गरिएको छ।
पुर्व स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र यादवको अपहरण विरुद्व प्रहरीले मुद्दा दर्ता गर्न नमाने पछि मशाल जुलुस निकालिएको हो । महोत्तरीको सम्सी गाउपालिका को सम्सी बजारमा जनता समाजवादी पार्टी नेपालका नेता कार्यक्रताहरुले मशाल जुलुस प्रदर्शन गरेका छन् ।
कानुन सबैका लागि बराबर हो भन्दै अपहरण कान्डको मुद्दा अविलम्व दर्ता गर्नुपर्ने दबाब स्वरुप जुलुस निकालिएको जनता समाजबादी पार्टी नेता गगनदेव यादबले बताएका छन ।
उक्त मशाल जुलुस मा प्रदर्शनकारीहरु मास्क लगाएर समाजिक दुरी समेत कायम गरि प्रदर्शन गरेका छ्न।