हेटौंडा १७ बैशाख
प्रमुख प्रतीपक्ष नेपाली कांग्रेशको भातृ संगठन नेपाल बिद्यार्थी संघले हेटौडामा प्रदर्शन गरेको छ l कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको रोकथाम गर्न देशमा जारी लकडाउनको समयमा नै उनिहरुले प्रदर्शन गरेका छन l कांग्रेश बिद्यार्थी माहामान्त्री प्रभातकुमार दाहालको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका–२ स्थित कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली हेटौंडाको बुद्धचोकमा पुगेर टुंगिएको हो । सरकारको बिरोद्धमा प्लेकार्ड बोकेका बिद्यार्थीले बुद्धचोकमा सरकार विरोधीमा प्रदर्शन गरेका छन ।
हेटौंडामा बिहान ९ बजेसम्म अत्यावश्यक सामग्री खरिद बिक्रीका लागि बजार खुल्ने अवसर पारेर सरकारको विरोधमा नेवि संघले हेटौंडामा नारबाजी र प्रदर्शन गरेको जानाएका छन । वर्तमान सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको भन्दै देशमा भ्रष्टाचार र महँगी बढेकोमा प्रदर्शनमा उत्रिएको नेवि संघका नेताहरुले बताएका छन l