महोत्तरीको सोनमा गा पामा स्थानिय सरकार नभएकाे स्थानियको भनाइ

५ years अगाडी teraibulletin

महोत्तरीको सोनमा गा पामा स्थानिय सरकार नभएकाे स्थानियको भनाइ

              नरेन्द्र महतो- गौशाला,
महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिकामा रहेका गरीव ,अति विप्नन परिवार तथा ज्वालादारी गर्ने मजदुरहरुकाे अवस्था अस्त व्यस्त बन्दै गईरहेकाे वडा ८ का राम कैलास शर्मा लाेहारले जनाएका छन।
एक महीना देखि लक डाउन लागू भए देखि राेजगारी बन्द भएकाेले अाफ्नाे परिवार विचलितमा परेका छन तर सरकारले दिएकाे अनुदान रकम अाज सम्म पालिकाले वितरण नगरेकाे तर नागरीकताकाे फाेटाे काेपि लिएर गए पनि राहत नपाएकाेमा लाेहारले गुनासाे गरेका छन ।

अहिले असलि गरीवकाे पहिचान नभएर पार्टि तथा चुनावमा मत दिएकाहरुलाई राहत दिनु पर्छ सर्वदलिय समितिमा कुरा नमिलेकाे कारण राहतमा ढिलाई भईरहेकाे उनले शंका व्यक्त गरे। पडाेसका पालिकाहरुमा धमाधम राहत वितरण भए पनि अाफ्नाे पालिकामा स्थानिय सरकार नभएकाे कारण राहत वितरण नभईरहेकाे अनुभूति भईरहेकाे मजदुरहरुले जनाएका छन।

सर्वदलिय समितिकाे कारण र खध्यान समाग्री वजारमा उपलब्ध नभएकाे कारण राहतमा ढिलाई हुन गएकाे साेनमा गाउँपालिका प्रमुख राज कुमार यादवले जनाए। राहत लिने व्यक्ति गरीव र विप्नन परिवार भएकाे लाई राहत दिने भने पनि सर्वदलिय समितिले अा अाफ्नाे मान्छे लाई राहत दिन भने पछि विवाद भएकाे कारण ढिलाई हुन गएकाे छ तर विवाद समाधान भई सकेकाेले राहत समागरि पैकिंन भईरहेकाेले अवकाे दुई तिन दिनमा सबै वडाहरुमा राहत वितरण हुने यादवले जनाएका छ्न।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?