Upadate-बिस्तारै कोरोनाको कहर नेपालमा बढ्दै:प्रदेश दुइमा एकैदीन ४ संक्रमित फेला:नेपालमा संक्रमितको संख्या ५८ पुग्यो

५ years अगाडी teraibulletin

Upadate-बिस्तारै कोरोनाको कहर नेपालमा बढ्दै:प्रदेश दुइमा एकैदीन ४ संक्रमित फेला:नेपालमा संक्रमितको संख्या ५८ पुग्यो

 

पर्सा,श्रीनारायण-महतो १७ बैशाख

बिश्व महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस अर्थात कोभिड नाइनटीनको संक्रमितको संख्या दिनप्रतिदिन नेपालमा समेत बढ्दै गैराहेको छ l आज एकै (बुद्धबार ) प्रदेश दुइमा चार जाना संक्रमित भेटिए पछि नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ l बुद्धबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणको क्रममा  पर्सा र बाराको दुई-दुई जानामा कोरोना भाइरसको संक्रमण देकिएको पुष्टि भएको प्रदेश दूइका समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

समाचार श्रोतका  अनुसार उनीहरु यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित समातीसँगै दिल्लीको मर्कजबाट फर्किएको ब्यक्ति रहेको बताइएको छ । सचिव घिमिरेको अनुसार कन्ट्याक्ट ट्रेसिङका लागि प्रदेशबाट प्राविधिकसहितको टोली परिचालन भैसकेको बताउनुभयो । अहिले उनीहरुको बारेमा धेरै जानकारी बाहिर आएको नसको बताउदै घिमिरिले हामी जानकारी खोतल्ने प्रयास गरिरहेको बताउनुभयो । उहाले संक्रमण पुष्टि भएका चारै जानालाई  उपचारका लागि नारायणी अस्पाल विरगंज पठाउने तयारी भैरहेको बताउनुभयो । यो संगै कोरोना संक्रमितको संख्या ५८ पुगेको छ।

 

 

 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?