नेकपाको आन्तरिक विवादले जनता निराश भएः पूर्वसभामुख कृष्णाबहादुर महराको टिपण्णी

५ years अगाडी teraibulletin

नेकपाको आन्तरिक विवादले जनता निराश भएः पूर्वसभामुख कृष्णाबहादुर महराको टिपण्णी

काठमाडौं  १७ बैशाख

सत्तारूढ नेकपाभित्रको आन्तरिक विवादले जनता निराश बन्न पुगेको पूर्वसभामुख कृष्णबहादुर महराले बताउनुभएको छ ।आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै महराले कोरोनाका कारण मुलुक आक्रान्त बनेका बेला दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनु राम्रो नभएको बताउनुभयो।

विज्ञप्ति भनिएको छ, ‘महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले अहिले विश्व आक्रान्त बनेको छ । कोरोना भाइरस संक्रमणबाट नेपाल पनि प्रभावित भएको छ । देश अहिले लकडाउनको अवस्थामा छ । अहिले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको छ ।अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य देखिएको छ । हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरूद्ध संघर्ष गर्ने बेला हो ।

मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेका छन्।’ यस्तो जटिल अवस्थामा दलहरूबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न नसकिने महराले उल्लेख गर्नुभएको छ। दलहरूबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न उहाँको अपील छ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?