डिउटीको क्रममा आक्रमण हुदा अछामका एकजानाको भारतको हरियाणामा ज्यान गयो

५ years अगाडी teraibulletin

डिउटीको क्रममा आक्रमण हुदा अछामका एकजानाको भारतको हरियाणामा ज्यान गयो

सांकेतिक फोटो

अछाम १७ बैशाख

अछामका एजानाको भारतमा डिउटीको समयमा आक्रमणमा परी ज्यान गरेको छ l कमलबजार नगरपालिका वडा न:-९ मष्टा, मष्टाबण्डाली घेगडका ५० वर्षीय जुक्ते रावतको भारतको हरियाणा राज्यको यमुनानगरमा  आक्रमणका कारण ज्यान गएको हो ।

मंगलबार गैराती रड्युटीमा रहेको बेला एक जना भारतीयले आक्रमण गर्दा गम्भीर घाइते भएका रावतको उपचारका लागि पीजीआई हस्पिटल चण्डीगढ लैजाने क्रममा हरियाणाको पंचकुला भन्ने ठाउँमा आज( बुधबार) बिहान मृत्यु भएको उहाँका नाति धिरज रावतले जानकारी दिनुभयो ।

गम्भीर कुटपिट गरी नालीमा फ्याक्ने क्रममा प्रहरीले देखेर आक्रमणकारीलाई समेत पक्राउ गरी प्रहरी चौकीमा राखिएको उहाँले बताउनुभयो। मृतकका २ छोरा र १ छोरी रहेका आफन्तले जनाएका छन् ।हत्यारालालाई कडा कारबाहीको माग गरिएको हाल भारतमै रहेका मृतककाभाइ शेरबहादुर रावतले जानकारी दिनुभयो । यसै आफ्नो मुलुकमा रोजगारीको अवसर सृजना नहुदा कती नेपालीले भारत तथा तेस्रो खाड़ी मुलुकमा अकालमा नै ज्यान गुमाई रहेको देखिएको छ l

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?