कपिलवस्तु १९ बैशाख
गैराती अबेर १ बजेको समयमा कपिलवस्तुको एक वडाध्यक्षमाथि गोली प्रहार भएको छ। कपिलवस्तुको यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमान माथि गैराती (बिहीबार) राति १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ। खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ।
दुई जना अज्ञात व्यक्तिको समूहले वडा अध्यक्ष मुसलमान माथि गोली प्रहार गरे पनि उहालाई नलागेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनु भयो ।