सांकेतिक:तस्बीर
उदयपुर १९ बैशाख
उदयपूरको एक युवकले क्वारेन्टाइनमा नै आत्माहत्या गरेको समाचार सार्बजनिक हून आएको छlएक हप्तादेखि बस्दै आएका जिल्लाको रौतामाई गाउँपालिका-७ गुराँसेका एक युवाले गैराती (बिहीबार) आत्माहत्या गरेका छन् । प्रेम बिबाह गरेका श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
रैतामामाई गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेम विवाह गरी काठमाडौं पुगेका विक यही बैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको हो । श्रीमतीसँग एउटै कोठामा बसेका विकले राती श्रीमती सुतिसकेपछि सलमा पासो लागि आत्महत्या गरेको प्रहरीले जनाएको छ।
कुन कारणले आत्महत्या गरेको खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले बताउनुभयो । क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले भने उनीहरुबीच नियमित झगडा हुँदै आएको जानकारी दिएको प्रहरी उपरिक्षक बुढामगरले जानकारी दिनुभयो । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपूरले जनाएको छ l