सांकेतिक:तस्बीर
अछाम १९ बैशाख
अछामको जिल्ला अस्पतालमा आइसोलेसन वार्डमा भरना गराई उपचार गराईरहेकी एक मैलाको हिजो (बिहीबार) मृत्यु भएको छ l मृत्यु हुनेमा अछामको मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी जिल्ला प्रहरी कार्यालयले जानाएको छ lउक्त महिलालाइ अचानक ज्वरो आएपछि गत बैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा
जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाको अनुसार एकाएक उच्च ज्वरो आएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उक्त महिलाको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको उहाले बताउनुभयोl मृत्यु भएकी महिलाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको बताउदै ढुङ्गानाले रिपोर्ट आइसके पछि मत्र मृत्युको यकीन कारण भन्न सकने बताउनु भयो ।