वि.सं.२०७७ साल वैशाख २० गते । शनिबार । ईश्वी सन् २०२० मे ०२ तारिख । नेपाल संवत् ११४० ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा आउने हुनाले पढ्न लेख्न जोस जाँगर बढ्नेछ । विलाशीताले खर्च बढाएपनि भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । बंश बृद्धिको गतिलो योग रहेकोछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढी नै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा इष्टमित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रमाइला तथा मन मिल्ने साथीभाइहरु भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । विवादित विषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । आफन्तबाट भनेजस्तो सहायोग पाइने हुँदा काम गर्न सहज हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवनसाथीको सहयोगले राम्र काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसि खर्च व्या.वस्थापन गर्न हम्मेहम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमीमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय मध्ययम रहेकोले व्यापारमा लगानी गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग नहुने हुनाले काम गर्न नसकेजस्तो हुनेछ । सत्रु, मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ति मिल्ने समय नरहेकोले ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाव बढ्न सक्छ । सवारी साधन तथा अन्य भौतिक सम्पतिहरु प्रयोग गर्दा ध्यान दिनुहोला । पढाइ लेखाइ तपाई आफ्नै कमजोरिले बिग्रनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) लक्ष्य प्राप्तीको लागि चालिने पाइलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाइ लेखाइ अरुभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धार्मिक तथा शैक्षिक क्षेत्रमा सहभागी भई उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ । प्रेम प्रशंगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले राम्रा काम हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्र स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । आफन्त तथा साथीभाइबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवनसाथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरु बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो अझ कसिलो भएर जानेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।