अछाम २० बैशाख-अछाममा हिजो (शुक्रबार)फेला परेको साकेत बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ l जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर-१ मा भेटिएको सकेट बम सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।
भवानी बक्स गण मंगलसैनबाट गएको सेनानी हरिबहादुर श्रेष्ठको टोलीले शुक्रबार साँझ ६ बजे बम डिस्पोज गरेको बताइएको छ ।ढकारी प्रहरी चौकीका इन्चार्ज मदन सिंहको अनुसार ढकारी गाउँपालिका वडा नम्बर-१ का स्थानीय दिलबहादुर बुढाको घर नजिकैको झाडीमा हिजो (शुक्रबार) बम फेला परेको थियो उहाले भन्नु भयो l
फेला परेको बम द्वन्द्वकालमा छुटेको हुनसक्ने ढकारी गाउँपालिका-१ का वडाध्यक्ष भवानीप्रसाद उपाध्यायले बताउदै असंका गर्नुभयो ।