नरेन्द्र महतो- गौशाला,
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा शनिवार एक शव बरामद भएको छ। गौशाला वडा न. २ निगाैल टाेल बस्ने वर्ष ५५ काे राम पुकार महताे मृत अवस्था शव फेला परेकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षिक प्रकाश रेग्मीले जनाएका छन । गाउँका मानिसहरु विहानै खेतमा काम गर्न गईरहेकाे बेला मकै खेतमा मृत अवस्थामा शव फेला परेका थिए । शवलाई पाेष्टमार्टम काे लागि जिल्ला अस्पताल जलेश्वर पठाईएकाे छ।
मृत्युकाे वारेमा थप अनुसाधन भईरहेकाे रेग्मीले जनाएका छन ।