नेकपा सचिवालय बैठकमा वामदेव गौतमलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय

५ years अगाडी teraibulletin

नेकपा सचिवालय बैठकमा वामदेव गौतमलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय

 

काठमाडौं २० बैशाख

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो  ।

उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएकोप्रवक्ता श्रेष्ठले बताउनुभयो । बैठकमा नेताहरुले पार्टी भित्रका पछिल्ला कमिकमजोरीप्रति आत्मआलोचनासमेत गरेको उहाले बताउनुभयो ।

अर्को सचिवालय बैठक वैशाख २४ गते बस्ने गरी आजको बैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो  । नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री ओली ले ल्याउनु भएको अध्यादेश र फिरता भईसकेको समय अवधिमा नेकपा भित्र नै बिबाद भएको थियो l

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?