पर्सा,श्रीनारायण-महतो २० बैशाख
बिश्वाभर माहामारीको रुपमा नै फैलिएको कोरोना भाइरस अर्थात कोभिड -१९ लाइ धपाउनको निम्त मुस्लिम र हिन्दू दुबै समुदाय मिलेर रोजा ब्रत गरेका छन l आज मुसलामहरुको रोजाको ८ औ दिन पुग्दा सम्म यस्तो रोचक दृश्य देखा परेको छ l
पर्साको पोखरिया नगरपालिका वडा न:-४ का मुस्लिम र हिन्दू युवकहरू संगै रोजा बसी कोभिडबाट बाच्नको लागी र यसलाई बिश्वबाट नै धपाउनको निम्त युवकहरू वडा न:-४ मा रहेको श्री सिद्धार्थ ईन्टरनेशनल एकाडेमी बिद्यालयको चौरमा बसी दुबै समुदायका युवकहरुले रोजा खोली गरेका छन l
सरकारले लागू गरेको लकडाउन र सामाजिक दुरीको पालना गर्दै उनिहरुले एकआपसमा रमाउदै रोजा खोलेको दृश्य रोचक देखिएको थियो l मुस्लिम समुदायका नौसाद आलम,महबूब आलम,मुखतार आलम,र हिन्दू समुदायका युवा समाज पोखरिया को सुजित गिरी,राकेश महतो सन्तोष चौहान तेजप्रताप प्रसाद चौहान एक आपसमा रमाउदै रोजा खोलेका छन l
बिश्वको बिभिन्न देश सहित छिमेकी राष्ट्र भारतमा पनी दिनहु हिन्दू मुस्लिम बिचको लड़ाई भईरहेको यो अवस्थामा हामी नेपाली एक छौ भने सन्देशको सहित नेपाला युवा समुदायले उदहारण नै बनेर देखाई दिएक़ा छन l