महोत्तरीको मनरा शिस्वा नगरपालिकामा गरिब विपन्न परिवारलाई राहत बाडियो

५ years अगाडी teraibulletin

महोत्तरीको मनरा शिस्वा नगरपालिकामा गरिब विपन्न परिवारलाई  राहत बाडियो

धर्मेन्द्र कुमार यादव-महोत्तरी,

महाेतरीकाे मनरा शिशवा नगपालिका वाडा नम्बर ३ साेनाैलमा १०४८ विपन्न घर परिवारहरु मध्ये अाज २५ घर बिपन्न परिवारलाई राहत वितरण गरिएका छन ।
लकडाउनका कारण दैनिक ज्यालादारी गरि जिविकोपार्जन गरिरहेका गरिब परिवारहरुलाई दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई नगरपालिकाकाे सहयाेगमा वाडा नम्बर ३ का वडा अध्यक्ष महेन्द्र राय यादवले राहत वितरण गरिरहेकाे हाे ।

वडा अध्यक्ष महेन्द्र राय यादवकाे पहलमा २५ वटा गरिब बिपन्न घर परिवारहरुलाई नगरपालिकाकाे सहयाेगमा वाडा नम्बर ३ ले राहत वितरण गरेको र केही परिवार छुटेपछि उहाँलाइसमेत राहत वितरण गर्ने वडा अध्यक्ष राय यादव ले बताए ।

मनरा शिशवा नगरपालिका वाडा नम्बर ३ साेनाैलमा रहेका जम्मा १०४८ विपन्न घरपरिवारहरुर रहेका छन । साेनाैलमा रहेका गरिब विपन्न परिवारलाई ३०किलो चाममल , ३किलो दाल, २ किलो नुन, २ लिटर तेल, २ थान सावुन,स्ववाविन५००ग्राम,अालु ५किलाे ,चिनी १किलाे, र प्याज २किलाे दिएको जनता समाजवादिका नेता गगनदेव यादवले जनाएका छ।

यस्तो संकटका घडिमा तथा आउने दिनहरुमा पनि समस्यालाई मध्यनजर गरी सबैजनालाइ प्रदेश सरकारले सकेसम्म सहयोग गर्ने समेत प्रदेश २काे अान्तरिक तथा कानुन राज्य मन्त्री सराेज सिंह कुशवाहाले जानकारी गराएको छ ।

राहत वितरण कार्यक्रममा प्रदेश न २ काे आनतरिक तथा कानून राज्य मन्त्री श्री सरोज सिंह कुशवाहा ,नगर प्रमुख संजय सिहं, उप प्रमुख रमिता प्रधान वडा अधयक्ष महेन्द्र यादव, बिनोद सिहं, शशि भुषन चाैधरी जनता समाजवादी पार्टी का नेता गगनदेव यादव, बिनोद गामी तथा वडा स्तरीय सोनौल को सर्वदलीय समिति को प्रतिनिधि हरूको समेत उपस्थित रहियोरहेकाे थियाे ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?