पर्सा २१ वैशाख –पर्साको नाराणणी उपक्षेत्रीय अस्पतालबाट कोरोना संक्रमण निको भएको भन्दै डिस्चार्ज गरिएका रौतहटका एक युवकलाई फेरि कोरोना भैरस संक्रमणको असंकामा अस्पताल भर्ना गरिएको छ ।
गत बैशाख १४ गत कोरोना परिक्षणको रिपोर्ट नगेटिभ आएपछि नारायणी अस्पतालले डिस्चार्ज गरेको थियो l फेरी उनको शरिरमा समस्या देखिए पछि अस्पताल ल्याइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन कुमार उपाध्यले बताउनुभयो l
हामीले मेडिकल सुपरिटेण्डेन्ट उपाध्यसंग अस्पताल किन ल्याएको भनी प्रश्न गर्दा :
शरीरमा समस्या देखिएपछि अस्पतालमा ल्याइएको वीरगन्जको नारायणी अस्पतालबाट अस्ति बिदा गरिएका रौतहटका युवकलाई नै पुन अस्पतालमा ल्याइएको छ , अब अस्पतालमा भरना गरेका छौ,मानिसको शरिर नै हो, केही गढबड भएपछि अस्पताल त ल्याउनैपर्यो नि होइन र !
हाम्रो अर्को प्रश्न थियो फेरी कोरोना देखिएर ल्याइएको हो ?
फेरी मेडिकल सुपरिटेण्डेन्ट उपाध्य:- होइन’ शरीरमा समस्या देखियो भनेर चेकजाँचका लागि ल्याएको हौ ,कोरोना नै हो होइन? भन्ने बारेमा पछि रिपोर्ट आएपछि मात्र बताउन सकिनेछ l
ती युवकलाइ अस्पतालको आइसोलेशन वार्डमा नै राखेर उपचार भइरहेकोछ। शारीरिक समस्या देखियो भने पछि फेरि कोरोना हो होइन? भनी चेकजाँचको लागि गएराति वीरगन्ज ल्याइएको हो ।उसको अवस्थाको बारेमा चकजाच भईरहेको छ ,यो थियो फेरी मेडिकल सुपरिटेण्डेन्ट उपाध्यको भनाई l
अन्तिम अपडेट:२०७७/ बैशाख २१ आइतबार