Breaking News: एकै दिन थप १० जानामा कोरोनाको संक्रमण पुष्टि:नेपाल भरी संक्रमितको संख्या ६९ पुग्यो

५ years अगाडी teraibulletin

Breaking News: एकै दिन थप १० जानामा कोरोनाको संक्रमण पुष्टि:नेपाल भरी संक्रमितको संख्या ६९ पुग्यो

 

पर्सा २१ बैशाख – आज आइतबार नेपालमा एकै दिन १० जानमा नोबेल कोरोनाई भाइरस अर्थात कोभिड -१९ को संक्रमण पुष्टि भएको छ l एता पर्साको बीरगंज माहानरपालिकामा थप एक जानामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने उता बांकेको नेपालगंजमा एकै दिन ९ जानमा कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी मीडिया ब्रीफिंगको क्रममा जानकारी दिनुभयो।

पर्साको वीरगञ्ज महानगरपालिका वडा न ३ छपकैयाका ३६ वर्षिय पुरुषमा कोरोना संक्रमण फेला परेको यस अघि नै नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जानकारी दिनु भएको थियो। यसै गरी बांकेको नेपालगंजमा ५ जाना पुरुष र ४ जाना महिलामा कोरोनाको संक्रमण पुष्टि भएको ममन्त्रालयका प्रवक्ता डा.देवाकोटाले बताउनुभयो l

नेपालगञ्जमा आज कोरोना पुष्टि भएका पाँच पुरुष र चार महिलाको उमेर सातदेखि ५८ वर्ष रहेको पनि मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाले जानकारी दिनुभयो ।

यो सँगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ६९ पुगेको छ । ६९ जानामध्ये १६ जाना निको भएर घर गएकोमा फेरी राती निको भएकामध्ये रौतहटका एक जाना युवलाइ कोरोनाको असंकामा नारायणी अस्पतालमा भरना गरिएको छ l अर्थात अहिले सम्म ६९ जानामध्ये १५ जाना निको भएर घर गएका छन l

अहिले विराटनगरमा ३१ जना, वीरगञ्जमा ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एक/एक जना गरी ४४ जनाको उपचार भइलिरहेको छ ।

 अन्तिम अपडेट:२०७७/ बैशाख २१ आइतबार

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?