काठमाडौं २१ वैशाख -बांकेको नेपालगंजमा थप ६ जनामा कोरोना संक्रमिट भेटिएका छन् ।आजै (आइतबार) मात्र ९ जनामा कोरोना पुष्टि भएकोमा साँझ थप ६ जनामा कोरोना पुष्टि भएको संगै कोरोना संक्रमितको संख्य ७५ पुगेको स्वास्थय मन्त्रालय स्रोतले जानकारी दिएको छ।
आइतबार मात्रा नेपालगञ्जमा १५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ l आइतबार नै केही समय अगाडी पर्सामा १ र नेपालगन्जमा ९ १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। देशभरका संक्रमितमध्ये १६ जना निको भएर घर फर्केका छन्। अहिले ५९ जानाको बिभिन्न अस्पतालमा उपचार भईरहेको छ l
अन्तिम अपडेट:२०७७/ बैशाख २१ आइतबार