महाेत्तरीमा काठ तस्कार बढ्यो, सम्बन्धित निकाय माैन

५ years अगाडी teraibulletin

महाेत्तरीमा काठ तस्कार बढ्यो, सम्बन्धित निकाय माैन

नरेन्द्र महताे- महोत्तरी ,
महोत्तरीको गौशालामा लाखौ मुल्य बराबरको काठ बरामद गरेको छ । आइतबार गौशाला नगरपालिका वडा नम्बर १२ कान्तिबजार राना टोलको उखु वारी र आपको बगैचाहरुमा अबैध रुपले राखेको विभिन्न साइजको साल जातको ४० थानको अंदाजी १०० क्युफिट लाखौ मूल्य बराबरको काठ बरामद गरेकाे डिभिजिन वन कार्यालय महोत्तरीका अधिकृत हेमन्त प्रसाद साहले जनाए।

एक ठाउँबाट अर्को ठाउँसम्म मानिसलाई हिँडडुल गर्न समेत रोक लागाइएको अवस्था छ। सरकारले विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आफ्ना नागरिकलाई जोगाउन लकडाउन गरेकाे मौका छोपी काठ तस्करी मौलाएको छ।

यसैबिच महोत्तरी जिल्लामा काठ तस्करहरुका लागि लकडाउन बरदान साबित भएको छ । उनीहरुमा न त महामारीको डर छ, न त लकडाउनको प्रवाह । काठ तस्करी कार्यलाई तीब्र बनाएका छन्। त्यसमा महोत्तरी जिल्लाको उत्तर–पश्चिममा अवस्थित सागरनाथ वन बिकास परियोजना र बाँके सब डिबिजन वनबाट काठ तस्करी अत्याधिक बढेको छ । काठ तस्करीमा अधिकांश स्थानीयबासीकै संलग्नता रहेको छ।

अवैध रुपमा कटान गरिएका काठहरु महोत्तरीको कान्ति बजारमा सञ्चालित फर्निचर उधोग, दक्षिणमा सञ्चालित सःमिलहरुमा लगेर बिक्री वितरण गर्ने गरेको स्थानीयहरूको भनाइ छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?