पर्सा २२ बैशाख –पर्साको छिपहरमाई गाउँपालिकाले गोप्यरूपमा रातिको बेला राहत वितरण गर्न लाग्दा स्थानीयले विरोध गरेका छन्। गएराती (आइतबार) छिपहरमाई गाउपालिकाको टेक्टरमा लोड गरी आफनो नाजिकोको ब्यक्तिलाइ रातारात राहत बितरण गर्न लाग्दा दुई जाना स्थानीयले देखेपछि बिरोध भएको नेपाली कांग्रेशका जिल्ला सदस्य एवम युवा नेता नबीन सिंहले जानकारी दिनुभयो l
आइताबर राती अबेर करीब ११ बजेको समयमा गोप्यरुपमा राहत बाड़ीरहेको अवस्थामा वडा न; ३ का स्थानीयहरू संकर राउत कुर्मि र झरिमन साहले देखे पछि सोधन जादा गाउपालिकाको टेक्टर चालक राजेश महतोले कुर्मी र साहलाइ कूटपिट गरी फरार रहेकोले सो को स्थानीय आज (सोमबार)बिहानै बाट बिरोध गरेको स्थानीय बिरेन्द्र राउत कुर्मिले बताउनुभ्यो l
वडा अध्यक्ष बिनोद साह कानूले आफ्नो आसेपासे अर्थात आफ्ना भोटर सपोटरलाइ मात्र राहत दिने उदेश्यले रातारात बितरण गर्न निस्किएको नेता सिंहले आरोप लगाउनुभयो l वडा अध्यक्ष साहले सर्वदलीय समिति मार्फत् वितरण गर्नुपर्ने राहत आफ्ना कार्यकर्तामार्फत् आफूनजीकका हुनेखानेलाई वितरण गर्न रातारात राहत सामग्री बाडेकोले स्थानीय बिरोधमा उत्रिएको उहाले बताउनुभयो l
बिश्वब्यापी रुपमा नै फैलिएको कोरोना भाइरसबाट यती बेला नेपाल सहित बिश्व समुदाय नै आक्रांत भएको बेलामा उचित पीड़ितलाइ राहत नै नबाड़ी वडा अध्यक्ष साहले आफ्नो भोटको खेतीमा लागेको काग्रेश नेता सिंहलेटिपण्णी गर्नु भयो l उहाले यो बिपतिको बेलामा जनप्रतिनिधिले अति गरिदिएको बताउदै अब यस्तो गतिबिद्धिलाइ काडा रुपमा नै प्रतिकार गर्ने चेताउनी दिनुभयो l