तराइ खबर समाचारदाता-काठमाडौं,
सरकारी वकिलको कार्यालय काठमाडौंले जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरण सम्बन्धी मुद्दा दर्ता गरेको छ। सांसद यादवले आफूलाई अपहरण गर्नेविरुद्ध दिएको किटानी जाहेरी सरकारी वकिल कार्यालयले सोमबार दर्ता गरेको हो ।
यसअघि सरकारी वकिलको कार्यालयले उक्त निवेदन दर्ता गर्न मानेको थिएन । मुद्दा दर्ता भएपछि आजैबाट छानबिन शुरु गर्ने सरकारी वकिल कार्यालयले जनाएको बताइएको छ ।
महोत्तरीस्थित घरमै रहेका यादवलाई नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालले वैशाख १० मा काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीले उनीहरूले आफ्ना सांसद यादवको अपरहण गरेको आरोप लगाउँदै आएकाे थिए ।