पर्साको जगरनाथपूर गाउपालिकामा राहतको बिषयमा झडप हुदा ९ जाना घाइते एक जानाको हात भाचियो

५ years अगाडी teraibulletin

पर्साको जगरनाथपूर गाउपालिकामा राहतको बिषयमा झडप हुदा ९ जाना घाइते एक जानाको हात भाचियो

 

वीरगंज २२ बैशाख -पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ पिडारीगुठीमा राहत वितरणका क्रममा स्थानीय र प्रहरी बिच झडप भएको छ । झडपका क्रममा प्रहरीले गरेको लाठी चार्जबाट ९ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मनोज साह, जयनारायण महत्तो, कृष्णा चौबे, सोनालाल पटेल, सुनिल पटेल, ललन चौबे, विन्ध्यान्चल मुखीया बिन, विनोदसाह तेली र मनोज महत्तो छन् ।

घाइते मध्ये मनोज साहको हात भाच्चिएको र उनको सेढवा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।अरु ८ जनाको पिडारीगुठीको स्वास्थय चौकीमा उपचार भइरहेकोे छ । वडाध्यक्ष मगरुराउत गद्धीले फरममा भर्पाइ गरिएको भन्दा कम राहत वितरण गरेको विरोधमा स्थानीयले विवाद गरेपछि झडप भएको हो । विवाद बढेपछि वडाध्यक्ष गद्धीले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खबर गरेका थिए र त्यसपछि झडप भएको थियो ।

राहत वितरणका लागि वडा कार्यालयले प्रति परिवार चामल २५ केजी, आलु ५ केजी, दाल २ केजी, खाने तेल २ लिटर, प्याज २ केजी, सोयाबीन १ केजी र साबुन ४ थान वितरण गरिने भर्पाइमा उल्लेख गरेकोमा वितरण गर्दा चामल २५ केजी , आलु २ किलो र प्याज आधाकिलो मात्रै बाड्न थालेपछि स्थानीयले विरोध गरेका हुन ।

वडाध्यक्ष गद्धीले गाँउपालिकाले पठाएको राहतमा दाल नरहेको र अरु सबै सामान वितरण गरेको दावी गरेका छन । उनले केहि व्यक्तिले हुलदंगा गर्न खोजेपछि सुरक्षाकर्मीलाई बोलाएको बताउनुभयो । विपक्षी दलका नेताहरुले राजनीतीक पुर्वाग्रह राखेर आफुलाइ बदनाम गराउन खोजेको उहाको आरोप छ । हुलदंगा भएपछि राहत वितरण कार्य स्थगीत गरिएको वडाध्यक्ष गद्धीले बताउनुभयो ।

अन्तिम अपडेट:२०७७/ बैशाख २२ सोमबार

फोटो आवाज खबरबाट

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?