काठमाडौँ २२ बैशाख –कोरोना भाइरसबाट बाच्नको लागी सरकारले गरेको बन्दाबन्दी अर्थात लकडाउनको बारेमा भोली(मंगलबार) मात्र सरकारलाइ सिफारिस गरिने भएको छ l सोमबार सिंहदरवारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको हो।
समितिमा भोलि फेरि बैठक बसेर सरकारलाई सिफारिस गर्ने सहमति भएको समितिका प्रवक्ता, तथा प्रधानमन्त्री र मन्त्रीपरिषदको कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिनुभयो ।आजको समितिको बैठकमा हालसम्म बन्दाबन्दीको प्रभावका बारेमा समीक्षा गरिएको भए पनि अझैँ गृहकार्य जारी राख्ने निष्कर्ष निकालिएको उहाँको भनाइ छ ।
मुलुकभरमा कोरोनाको परीक्षण दर बढाइएको र यसबाट प्रतिफल पनि सकारात्मक निस्केको बैठकको निष्कर्ष छ । कार्यदलस्तरमा छलफल जारी राखिएको जानकारी दिँदै प्रवक्ता विडारीले भोलि साँझसम्ममा मन्त्रिपरिषद्लाई आवश्यक सिफारिस गरिने बताउनुभयो l