लागूऔषध मुद्दाका फरार प्रतिबादी:बहुदरमाई नगरपालिका निवासी महतो१२ बर्षपछि पक्राउ

५ years अगाडी teraibulletin

लागूऔषध मुद्दाका फरार प्रतिबादी:बहुदरमाई नगरपालिका निवासी महतो१२ बर्षपछि पक्राउ

 

पर्सा २२ बैशाख लागूऔषधका फरार प्रतिबादीलाइ १२ बर्ष पछि पर्सा प्रहरीले पक्राऊ गर्न सफल भएको छ lपक्राउ पर्नेमा बहुदरामाई नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३५ का शिव प्रसाद महतो रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको पर्सा प्रहरीको टोलीले हिलो (आइतबार) आफ्नै गाउ घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राऊ गरेको जनाएको छ l

लागुऔषध मुद्दामा १५ वर्षको कैद सजाय र पाँच लाख २५ सय समेतको जरिवाना तोकिएका उनी विगत १२ वर्ष देखि फरार हुदै आएका महतो आफ्नै गाउमा छन भनी बिशेस सुराकिको आधारमा जिल्लाबाट गएको प्रहरीको टोलीले पक्राऊ गरको जनाएको छ ।

जिल्ला अदालतले पर्सा लागुऔषध गाँजा र अफिम मुद्दामा २०६७ साल माघ २४ गते महतोमाथि १५ वर्षको कैद सजाय र ५ लाख २५ सय जरिवानाको फैसला सुनाएको थियो ।सजाए सुनाए लगतै महतो फरार भएका थिए l पक्राउ परेका महतोलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

अन्तिम अपडेट:२०७७/ बैशाख २२ सोमबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?