धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महोत्तरीको सम्सी गाउपालिकामा राहत बाड्नको लागी ल्याएको खाद्धान सामाग्रीहरु कुहिएको छ।
विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस को कारन देश भरिनै लकडाउन गरिएको छ। लकडाउनको कारन गाउपालिका कार्यलयद्वारा गाउपालिका भित्रका दैनिक ज्यालादारी गर्ने गरिब तथा बिप्पन परिवारहरुको बितरन गर्नको लागी ल्याइएको खाद्धान सामाग्रीहरु कुहिएको छ। गाउपालिका प्रमुख शेख फारुखले प्रशासकिय अधिकृत बिरुध अख्तियारमा उजुरी दिएको र गाउपालिकामा रहेको अन्य पार्टी प्रतिनिधीहरुले सहयोग नगरेको कारन समान हरु कुहिन थालेको छ।
गाउपालिका द्वारा प्रत्येक वाडालाइ १०-१० लाख रुपया राहत बाड्नको लागि दिएको थियो तर त्यस रकम बाट केही वाडाले मात्र राहत बाडेको छ।
यसरी गाउपालिका कार्यालयमा एक आपसमा झगडा हुदा गाउपालिका भित्रका दैनिक ज्यालादारी गर्ने गरिब तथा बिप्पन परिवारहरु भोकै बस्नु पर्ने बाध्यता भएको छ।