Breaking-News -थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो

५ years अगाडी teraibulletin

Breaking-News -थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो

काठमाडौँ २३ बैशाख -नेपालमा थप सात जनामा नोबेल कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

भेटिएका नयाँ सङ्क्रमितमध्ये नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० वर्षीय पुरुष छन् भने ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । सङ्क्रमितमध्ये १६ जना उपचारपछि निको भएका छन् ।

अन्तिम अपडेट:२०७७/ बैशाख २३ मंगलबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?