लकडाउनमा नेपालबाट हिडेर घर जादै गरेको ५ भारतीय नेपाल प्रहरीको नियन्त्रणमा : क्वरेण्टीनमा राखियो

५ years अगाडी teraibulletin

लकडाउनमा नेपालबाट हिडेर घर जादै गरेको ५ भारतीय नेपाल प्रहरीको नियन्त्रणमा : क्वरेण्टीनमा राखियो

दाङ २३ बैशाख – उधोग बन्द भए पछि भागेर आफ्नो घर जादै गरेको ५ जना मजदूरलाइ प्रहरीले नियन्त्रणमा लिएको छ l  दाङको घोराही सिमेन्ट उद्योगबाट भागेर भारत जान लागेका पाँच जना मजदुरलाई नियन्त्रणमा लिइ क्वरेण्टीनमा राखिएको छ । मिर्मिरे बिहानी संग भारतको उत्तर प्रदेश घर भएका उनीहरु उद्योगबाट निस्किएका थिए ।

 

त्यसपछि लमहीमा भेटिएका उनीहरुलाई प्रहरीले सोधपुछ गर्दा भारत (घर) जान भनी हिँडेको बताएपछि नियन्त्रणमा लिएर फर्काएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

सिमेन्ट उद्योगले खाद्यान्न र तरकारी किन्न भनेर उनीहरु बाहिर निस्किएको बताएको छ । उनीहरु कोइलावास नाका हुँदै भारत पुग्ने योजना बनाएर निस्किएको वडा प्रहरी प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रज्वल थपलियाले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट:२०७७/ बैशाख २३ मंगलबार

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?