काठमाडौँ २३ बैशाख –कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मङ्गलबार बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्दै आएको बैठक आज भने प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।
समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुनेछ । बैठकले लकडाउन खुकुलो पार्ने या कडाइ गर्ने भन्नेबारेमा निर्णय गर्न सक्ने बिडारीले बताउनुभयो। समन्वय समितिले कोरोनाको सङ्क्रमण नदेखिएका ठाउँमा लकडाउन केही खुकुलो बनाउने र सङ्क्रमण देखिएका ठाउँमा कडाइ गर्ने गरी कार्ययोजना बनाइरहेको छ ।
कोरोना रोकथामका लागि सरकारले गएको ११ गते लकडाउन घोषणा गरेको थियो र पछिल्लो पटक थपिएको लकडाउनको अवधि यही बिहीबार सकिँदैछ ।
अन्तिम अपडेट:२०७७/ बैशाख २३ मंगलबार