पर्सा २२ बैशाख –बिश्व ब्यापी रुपमा नै फैलिएको नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ बाट बाच्नको लागे गरेको बन्दाबन्दी (लकडाउन)को आज ४३ दिन पूरा भएको छ l
यस अवधिमा साकारले पहिलो चरण र कही कतै दोस्रो चरणको पनी राहत बितरण गरेको छ –तर त्यतिमात्रले अहिले सम्म असहाय पीड़ित अर्थात लकडाउनबाट प्रभाबित भएका जनताहरूको समस्याको समधान नहुने देखिएको अखिल नेपाल पिछड़ा बर्ग ओ.बी.सी पर्साका अध्यक्ष अकलेश साहले भन्नुभयो l
नेकपाका स्थानिय युवा नेता समेत रहनु भएको साहले भन्नुहुन्छ :-सरकारले निर्धारण गरेको अनुसार स्थानीय जनप्रतिनिद्धिले राहत बितरण नगरेको कारण त्यतिमात्र राहतले केही हुनेवाला नरहेको बताउनुभयो l उहाले १० किलो चामल र ५०० ग्राम दाल २ किलो आलू र १ प्याकेट नूनले अहिले सम्मको ४२ दिनको अवधि कसरी उनीहरू कटाएको होलान आफैमा सोच्नु पर्ने कुरा रहेको बताउनुभयो l
ओ.बी.सी पर्सा अध्यक्ष साहले अहिले राहतको नाउमा राजनितिको खेती भईरहेको बताउदै उहाले यो ४२ दिनको अवधिमा कही कही त राहत नै बितरण भएको छैन र कुनै ठाउमा राजनितिक भागवंडामा भएको छ तर त्यों पनी पर्याप्त न रहेको बताउनुभयो l
युवा नेता साहले अहिले सम्म ४३ दीन पूगीसकयो बीरगंजमा स्वाब परिक्षण गर्ने मेसिन समेत जडान नभएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो l उहाले अहिले नारायणी उपक्षेत्रीय अस्पताललाइ कोरोना अस्पताल बनाई सर्बसधारण जनतालाई दुःख दिने काम भईरहेको बताउनुभयो l
बीरगंजको यो अस्पताललाइ पुरानै नारायणी अस्पतालको अवस्थामा फर्काउन र अन्यत्र कोरोना बिशेष अस्पताल बाउन सरकार संग माग गर्नुभयो l उहाले जिल्ला भित्र र बाहिरबाट आउने बिरामी महँगो मूल्य तिरेर निजी मेडिकलमा उपचार गराउन बाध्य भएको बताउनुभयोl
सरकारले जहिले पनी बीरगंजमा खाने भाड़ोको रुपमा प्रयोग गर्दै आएको बताउदै उहाले तिन तहको सरकार भईसके पनी बीरगंजको अवस्था उस्तै रहेको बताउनुभयो l
अखिल नेपाल पिछड़ा बर्ग ओ.बी.सी पर्सा अध्यक्ष साहले आफ्नो ब्यक्तिगत लागतमा कोरोनबाट बाच्नको लागी बिभिन्न समयकाल खण्डमा साबुन,बाल्टी,मास्क, बितरण गरेको बताउनुभयो l उहाले कतीपय असहायलाइ आफ्नो ब्यक्तिगत लगानिमा खाद्यान समेत बितरण गरेको बताउनुभयो l
आफु एउटा समाजको युवा भएको नाताले म संग जती भयो त्यति मैले गरे अब जनताले जिताएका जनप्रतिनिधिले पनी आफ्नो फर्ज पूरा गर्नु पर्यो र जनतालाइ सहज हुनेगरी राहतको व्यस्था गर्नु पर्ने कुरामा जोड़ दिनुभयो l