श्रीनारायण-महतो –पर्सा २३ वैशाख
नारायणी अस्पताललाइ कोभिड अस्पतालबाट पुन:पूरानै अवस्थामा फर्काइएको छ l नेपाल कमनिष्ट पाटी नेकपा पर्साको पहलमा नारायणी अस्पताललाइ कोभिड अस्पतालबाट पुन पहिला जस्तै कोरोना बाहेक सबैको उपचार हुने गरी जेनरल अस्पतालमा परिणत गरिएको संबिधान सभाका सदस्य बिचारीले जनकारी दिनुभयो l
नेकपाका नेताहरू संबिधान सभा सदस्य बिचारी यादव,पूर्ब मन्त्री नागेन्द्र चौधरी नेकपा बीरगंज महानगर अध्यक्ष रहबर अंसारी मनोज साह लगायतको पहलमा नारायणी अस्पताललाइ कोभिडबाट जेनरल बनाइएको नेकपाको स्थानीय युवा नेता अकलेस साहले जानकारी दिनुभयो l
संबिधान सभा सदस्य नेता यादवको नेतृत्वमा गएको टोलीले स्वास्थ्य तथा जनसंख्य मन्त्री भानुभक्त ढकाललाइ भेटेर नारायणी अस्पताललाइ कोभिड अस्पताल बनाउदा भईरहेको जतको समस्याको बारेमा औगत गराउदा नारायणी अस्पताललाइ पुन जेनरलमा ल्याइएको नेकपाका नेता तथा पूर्ब मन्त्री नागेन्द्र चौधरीले तराई खबरलाइ जानकारी गराउनु भयो l
नारायणी अस्पताललाइ कोभिड अस्पताल बाउदा सर्बसधारण स्वास्थ्य उपचार पाउनबाट बन्चित भएका थिए l स्वास्थ्य उपचारको लागी जनताले चर्को महँगो मूल्य तिरेर उपचार गराउन बाध्य भएका थिए l
नारायणीलाई कोरोना अस्पताल तोकेर नेशनल मेडिकललाई नारायाणीले दिने स्वास्थ्य सेवा प्रदान गर्न भनिएको थियो । तर सरकारी दररेटमा सेवा नपाएर तथा विभिन्न स्वास्थ्यबाट जनता बन्चित भएको भन्दै नारायणी अस्पतालमा पूर्ववत रुपमा स्वास्थय सेवा सुचारु गर्न माग उठ्दै आएको थियो । नारायणी कोभिड अस्पतालको रुपमा परिणत हुँदा त्यहाँको जनरल स्वास्थ्य सेवा ठप्प भएको थियो ।
नेपाल सरकारले गण्डक अस्पताललाई कोभिड अस्पताल तोकेको छ । यसअघि नारायणी अस्पताललाई कोभिड अस्पताल बनाउन गरिएको निर्णय खारेज गर्दै नेपाल सरकारले गण्डक अस्पताललाई कोभिड अस्पताल तोकेको हो ।
अब नारायणी अस्पतालकै होडिंग बोर्ड लगाएर गण्डक अस्पताललाइ कोभिड अस्पतालको रुपमा संचाल गर्न नेपाल सरकार तथा स्वास्थ्य ,मन्त्रालयले जनाएको छ l नारायणी अस्पतालकै निर्देशनमा चलने कोभिड गण्डक अस्पताललाइ कोभिड नारायणी नै राखिने स्वास्थ्य मन्त्रालेलाइ उदृत गर्दै नेकपाका नेता तथा पूर्ब संबिधान सभा सदस्य बिचारी यादवले तराई खबरलाइ बताउनुभयो l
अन्तिम अपडेट:२०७७/ बैशाख २३ मंगलबार