बिहीबार बस्ने स्थायी समितिको बैठकको बारेमा एजेण्डा तय गर्न नेकपा सचिवालय बैठक आज बस्दै

५ years अगाडी teraibulletin

बिहीबार बस्ने स्थायी समितिको बैठकको बारेमा एजेण्डा तय गर्न नेकपा सचिवालय बैठक आज बस्दै

काठमाण्डौ २४ बैशाखभोलि (बिहीबार) बस्ने स्थायी समितिको बैठकको एजेण्डा तय गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ ।आज सचिवालय बैठक बस्ने भए पनि समय भने तय भइनसकेको नेताहरूले बताएका छन् । आगामी रणनीति तय गर्न नेकपाका शीर्ष नेताहरू अस्ति देखि नै छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।

हिजो प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच पनि छलफल भएको थियो । प्रधानमन्त्री ओलीले नेता झलनाथ खनालसँग पनि वार्ता गर्नुभएको थियो ।

स्थायी समितिको एजेण्डाबारेमा अध्यक्ष प्रचण्ड, नेताहरु माधवकुमार नेपाल र नेता खनालबीच पनि अलग्गै छलफल भएको थियो । दुई दिनअघि दुवै अध्यक्षको छलफलले स्थायी समितिको एजेण्डाका लागि गृहकार्य गर्न प्रचण्ड र महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो ।

अन्तिम अपडेट:२०७७/ बैशाख २४  बुद्धबार

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?