प्रोफाइल:तस्बीर
काठमाडौँ २४ बैशाख –नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। केहीबेरअघि बैठक सुरु भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका जानाकरी दिनुभयो l
भोलि (बिहीबार) बस्ने स्थायी कमिठिको बैठकको पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले तयार पार्नु भएको राजनीतिक प्रतिवेदनलाई अन्तिम टुंगो लगाउने र अन्य एजेण्डाहरु तय गर्ने बुझिएको छ ।
उक्त पार्टी भित्र केही समययता चुलिएका विवाद शनिबार यता साम्य भएको दाबी गरिएपनि सचिवालयमा उक्त दिन भएका सहमति लिपिवद्ध गर्ने विषयमा अहिले पनि शीर्ष नेताहरुबीच तालमेल नमिलेको देखिएको छ ।सचिवालय बैठकअघि पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डले आज (बुधबार) बिहान पनि छलफल गर्नुभएको भएको थियो ।
अन्तिम अपडेट:२०७७/ बैशाख २४ बुद्धबार