पर्सा२४ बैशाख-नेपालमा कोरोना संक्रमित संख्या ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पर्साका बुधबार १७ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।
२ महिनाको बालकदेखि ६६ वर्षसम्मका व्यक्तिमा कोरोना संक्रमण देखिएको हो। संक्रमित सबै पर्साको भएको देवकोटाले जानकारी दिए। बुधबार संक्रमितमध्ये ७ जना महिला र १० जना पुरुष छन्।
कुल संक्रमित ९९ मध्ये ७१ जना पुरूष र बाँकी महिला रहेको उनले जानकारी दिए।योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ९९ पुगेको हो। यीमध्ये २२ जना निको भएर घर फर्किसकेका छन्। यस्तै निको भएर घर फर्किएका तीन जनामा पुनः संक्रमण देखिएको देवकोटाले जानकारी दिनुभयो ।
अन्तिम अपडेट:२०७७/ बैशाख २४ बुद्धबार