एक पदको कुरामा प्रधानमन्त्री ओलीको बिमती;नेकपाको सचिवालय बैठकबाट नै निस्किए

५ years अगाडी teraibulletin

एक पदको कुरामा प्रधानमन्त्री ओलीको बिमती;नेकपाको सचिवालय बैठकबाट नै निस्किए

काठमाण्डू २४ बैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक दुई पक्षबीच चर्काचर्की भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठक छाडेर निस्किनुभएको छ । बालुवाटार स्रोतमा अनुसार बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि ओली बाहिर निस्कनु भएको हो। बिहिबार बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न यो बैठक बोलाइएको थियो।

नेकपामा मुख्य विवाद गरेको  एक पद एक मुख्य जिम्मेवारीमा विवाद भएको समाचार स्रोतले जानकारी दिएको छ । नेकपामा महुमत सचिवालय सदस्य एक पद एक मुख्य जिम्मेवारीलाई कार्यन्वयन गर्ने रहेपछि चर्काचर्की भएको बुझिएको हो । प्रधानमन्त्री ओली बाहिरिए पनि बैठक सुचारु भइरहेको छ। बैठकले बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बस्ने निर्णय गरेको नेकपाले जनाएको छ l

 अन्तिम अपडेट:२०७७/ बैशाख २४  बुद्धबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?