समाजिक उत्तरदायित्व बहन गर्दै बर्दिबास सिटी केयर अस्प्तालले महोत्तरीको माइस्थानमा रहेको सस्त्र प्रहरी बलको क्वारेंटाइन सेंटरलाई औसधि हस्तांतरण गरेको छ ।
करीब ९ प्रकारका औसधि एक एक बट्टा उपलब्ध गराइएको जानकारी अस्पतालका संचालक सुधीर अग्रवालले दिए । उक्त औसधि सामग्री सिटी केयर अस्प्तालका चिकित्सक डॉ इस्वर बाबू कार्कीले सशत्र बलका प्रतिनिधि लाई हस्तांतरण गरेका हुन । लोकडाउनको बेला यस अस्पतालमा उपचार गर्न आउने ८-१० किमी छेत्र वरिपरिका आकस्मिक बिरामिलाई निःशुल्क एम्बुलेंस सेवा दिने अस्पतालका चिकित्सक डॉ हुलास अग्रवालले बताए । कोरोनाको आइसोलेशन कक्षमा प्रयोग गर्न दुई थान बिरामी बेड समेत उक्त अस्प्तालले नगरपालिकालाई केहि दिन अगाडि दिएको थियो । बिगत ५ बर्ष देखी सेवा दिदै आएको उक्त अस्प्तालले गरीब असहाय बिरामीका लागि बिभिन्न स्वास्थ्य कार्यक्रमहरु निरन्तर संचालन गरदै आएको छ । कोरोनाको उक्त आइसोलेशन केंद्रमा आवश्यक परे एक्सरे समेत हाल प्रयोगका लागी निशुल्क जडान गरीदिने अस्पतालका संचालक सुधीर अग्रवालले बताए ।