राहत बितरन नहुदा गाउपालिका कार्यालयमा गरिएको तालाबन्दी खोलियो

५ years अगाडी teraibulletin

राहत बितरन नहुदा गाउपालिका कार्यालयमा गरिएको तालाबन्दी खोलियो

       धर्मेन्द्र कुमार यादवमहोत्तरी,
महोत्तरीको सम्सी गाउँपालिकामा राहत वितरण नगरेको भन्दै स्थानीयले गाउँपालिका कार्यालयमा लगाएको ताल्चा खोलिएको छ ।

गाँउपालिकाका जनप्रतिनिधीले स्थानिय समक्ष चाँडै नै प्रक्रिया पुर्‍याएर राहत वाँडने सहमति भए पछि कार्यालयमा लगाएको ताल्चा खोलिएको हो।
नेपालमा लकडाउन लगाइएको कारन स्थानिय गरिव एवं विपन्न समुदायलाई गाँउपालिकाले समयमा राहत नदिएको भन्दै स्थानियहरु ले सोमबार कार्यालयको मुलगेटमा तालाबन्दी गरेका थिए ।

यता गाँउपालिकाले समयमा राहत नवाडेपछि वितरण गर्नका लागि भण्डारणमा राखिएको राहत सामग्री विग्रिदै गएको वडा नं. ६ का वडाअध्यक्ष शेख उमैदले जानकारी दिनुभयो ।
यस विषयमा गाँउपालिकाका अध्यक्ष शेख फारुखले चाँडै नै राहत वाड्ने आश्वासन दिदा समेत उनीहरु कुरा नसुनिकन कार्यालयमा तालावन्दी गरेको बताउनुभयो ।

गाँउपालिकामा विगत केही दिनयता गाँउपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी विच आन्तरिक विवादका कारण नियमित कामकाज हुन सकेको छैन।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?