महोत्तरीको साेनमा गाउँपालिका वाडा नं ८ मा राहत बितरन

५ years अगाडी teraibulletin

महोत्तरीको साेनमा गाउँपालिका वाडा नं ८ मा राहत बितरन

         धर्मेन्द्र कुमार यादव- सोनमा,

महाेतरीकाे साेनमा गाउँपालिका वाडा नम्बर ८ मा रहेका ४०० बिपन्न परिवारहरु लाई लक्षित गरि राहत वितरण गरेकाे छ।
लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिविकोपार्जन गरिरहेका गरिब परिवारहरुलाई दैनिक छाक टार्न समस्या परेका कारण उनिहरुलाई गाउँपालिकाकाे सहयाेगमा वाडा नम्बर ८ द्वारा राहत बितरन गरिएको छ।

वडाका सर्बदलिय समितीकाे पहलमा ३०० सय फुल पैकेट र १०० हाफ पैकेट राहत सामाग्री गरिब बिपन्न परिवारलाई गाउँँपालिकाले वितरण गरेको छ। राहत बाट केही परिवार छुटेपछी उहाँलाइ समेत राहत वितरण गर्ने वाडा अध्यक्ष राजदेव यादवले जनाको छ।

गाउँपालिकाले बितरन गरेको राहतमा एक परिवारमा चार जना भन्दा बढी भएमा २० किलो चामल र कम भएमा १०किलाे चामल, त्यस्तै २ किलो दाल, २ किलो नुन, २ लिटर तेल, ४ थान सावुन, स्वाबिन ५०० ग्राम, अालु ५ के जी, चिनी १किलाे, टाेकला चिया १००ग्राम, बितरन गरिएको छ।
लकडाउनको कारन भोकै मर्नु पर्ने अबस्था आएको थियो, गाउपालिका द्वारा राहत बितरन हुदा हर्शित भएको छु, राहत लिन आएकाहरुले बतएका छन।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?