पर्सा २४ बैशाख – पर्सामा कोरोना को उदम स्थल मानिएको बीरगंज छपकैयालाइ शील गरिएको छ l बीरगञ्ज महानगरपालिकामा बुधाबार एकैदीन १७ जना नयाँ कोरोना सङ्क्रमित भेटिएसँगै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको वडा नं. १, २ र ३ लाई सिलबन्दी गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार सूचना जारि गर्दै महानगरपालिका वीरगञ्जको वडा नं. १, २ सँग जोडिएका भारतीय सिमा नाकामा कडाई गर्नका साथ् वडा नं. १, २ र ३ सिलबन्दी गर्ने निर्णय गरेको हो ।
बुधबार भेटिएका नयाँ कोरोना सङ्क्रमितहरु वीरगञ्ज महानगरपालिका वडा नं. ३ का एकै परिवारका व्यक्ति भएका कारण सो वडाले छुने १ र २ पनि सिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानाएको छ ।
जिल्ला प्रसाशन कार्यालय पर्साको सूचना
‘सङ्क्रमण फैलनबाट रोक्न वीरगञ्ज महानगरपालिकाको पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, मालपोत चौक यसतै पश्चिम तर्फ छपकैया बजार चौक, सर्सिया पुल चौक, सिर्सिया भन्सार, उत्तरतर्फ एम बि एस स्कूल, पानी ट्यांकी चौक, युक्तिसुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वीरगञ्ज महानगरपालिका वडा नम्बर १ र २ का मित्र राष्ट्र भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा नम्बर १, २ र ३ का इलाकाहरु समेटिने गरी सिलबन्दी गरिएको छ ।’ जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
अन्तिम अपडेट:२०७७/ बैशाख २४ बुद्धबार
फोटो साभार:इसिनिमा