सर्लाहीको मलंगवाबाट १७ लाख रकमसहित २ जना पक्राउ

५ years अगाडी teraibulletin

सर्लाहीको मलंगवाबाट १७ लाख रकमसहित २ जना पक्राउ

ताराइ खबर समाचारदाता-सर्लाही,

मलंगवा नगरपालिका–२ मा प्रहरीले अवैध रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४२ वर्षीय रामललित मण्डल र ३३ वर्षीय निरजकुमार मण्डल छन् ।
भन्सार चेक पोष्टमा खटिएका सशस्त्र प्रहरीले भारतबाट नेपाल प्रवेश गरेको बीआर ३० बीए २४५८ नम्बरको ट्रकलाई जाँच्ने क्रममा उनीहरुको साथबाट स्रोतले नखुलेको १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँ फेलाा पारेको हो ।

धान बोकेर आएको ट्रकबाट उक्त रकम बरामद भएपछी नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?