काठमाण्डौ २५ बैशाख -बिश्व संग संगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सबै क्षेत्रमा सावधानी बढाइएको छ ।अबदेखि सङ्घीय सांसदहरुको पनि कोरोना भाइरस परीक्षण गर्न थालिएको छ । भोलिदेखि सङ्घीय संसद् बैठक सुरु हुने भएकाले आजदेखि सांसदहरुको पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरिएको संसद् सचिवालयले जनाएको छ ।
परीक्षणका लागि आज सांसदहरुको घाँटीको र्यालको नमुना सङ्कलन गरिएको र सबै जनाको परीक्षणको रिपोर्ट भरे बेलुकीसम्ममा आउने सचिवालयले जनाएको छ ।सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बर्खे अघिवेशन भोलिदेखि सुरु हुँदैछ । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत, छलफल र पारित हुनेछ ।
अन्तिम अपडेट:२०७७/ बैशाख २५ बिहीबार