काठमाण्डौ २५ बैशाख –नेपालमा कोरोना भाइरसको हटस्पटको रुपमा चिनिएको जिल्लाहरुमा कोरोना परीक्षणलाई थप तीव्रता दिएको जनाएको छ।उदयपुर, बांकेको नेपालगन्ज र पर्साको वीरगन्जमा कोरोना सङ्क्रमित धेरै भेटिएपछि त्यहाँ परीक्षणलाई तीव्रता दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगन्ज र वीरगन्जमा एक-एक हजार गरी दुई हजार तथा उदयपुरमा थप ५ सय जना गरी २५ सय जनाको कोरोना परीक्षण गर्न घाँटीको स्वाब संकलन गर्न टोली खटिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म ५४ हजार ९३ जनाको आरडीटी र १४ हजार ५ सय ९ जनाको पीसीआर गरी ६८ हजार १ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २२ जाना निको भएको बताउनुभयो l
अन्तिम अपडेट:२०७७/ बैशाख २५ बिहीबार