सांकेतिक:तस्बीर
पर्सा २५ बैशाख –पर्साको औधोगिक कारीडोरमा पर्ने तिन ठूला उद्योगहरू भोलीदेखि संचालनमा आउने भएका छन lठूला उद्योगलाइ संचालन गर्न सरकारले अनुमति दिने तयारी गरेपछि यो कारीडोरमा रहेको तिन ठूला उद्योगहरू बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल, जगदम्बा स्टिल र हुलास स्टिल सन्चालन गर्ने गृहकार्य भएको छ l
कोरोना भाइरसको माहामारीबाट सरकारले गरेको लकडाउनको सुरदेखि बन्द रहेका यी उद्योगलाई संचालन गर्ने गृहकार्य बहिरहेको समाचार श्रोतले जनाएको छ l अखिल नेपाल ट्रेड युनियन महासंघ बाराका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य बेनी प्रसाद तिमल्सेनाको अनुसार आवश्यक सर्तकता अपनाई कम जनशक्ति प्रयोग गरेर शिफ्टमा उद्योग चलाउने तयारी भएको जानकारी दिनुभयो ।
सूर्य नेपालमा ४५० रहेको कर्चारीलाइ ८०/८० गरी दुई सिफ्टमा गर्ने छ भने १५ सय कर्मचारी रहेको जगदम्बा स्टिलले एक शिफ्टमा २ सय ५० तथा हुलास स्टिलले १ शिफ्टमा १० मजदुर मात्र खटाउने गरी अनुमति लिएको बताइएको छ ।
सम्बन्धित उद्योगका व्यवस्थापनले जिल्ला प्रशासन कार्यालयबाट उद्योग पुन:सन्चालनको अनुमति लिईसकेले (शुक्रबार)भोलीबाट तीनै वटा उद्योग सञ्चालनमा आउने भएको छ ।सरकार गरेको गत चैत्र ११ गतेबाट नै यस बारा उद्योग करिडोरका करीब ७० प्रतिशत उद्योग बन्दरहेकेले झण्डै ४५ हजार मजदुर बेरोजगार भएका छन् ।
अन्तिम अपडेट:२०७७/ बैशाख २५ बिहीबार