भारतीयलाइ नेपाल छिर्न नदिएको भन्दै सशस्त्र सुरक्षा केम्पमा आक्रमण:स्तिथि नियन्त्रणमा एक राउण्ड हवाई फायर

५ years अगाडी teraibulletin

भारतीयलाइ नेपाल छिर्न नदिएको भन्दै सशस्त्र सुरक्षा केम्पमा आक्रमण:स्तिथि नियन्त्रणमा एक राउण्ड हवाई फायर

 वीरगंज २५ बैशाख-जारी लकडाउन र कोरोना कोरोना भाइरसको माहामरिलाई ध्यानमा राख्दै भारतीय नागरिकलाइ नेपाल छिर्न नदिएपछि बाराको सुवर्ण गाउँपालिकाको पचगछिया सिमानामा आज दिउँसो भारतीयहरुले सशस्त्र प्रहरीकोल पोष्टमा तोडफोड गरेका छन् ।सुवर्ण गाउँपालिका-३, पचगछियामा रहेको प्रहरीको चेक पोष्टमाथि भारतीयहरुले दिउँसो साढे १२ बजे आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीको अनुसार भारतको हनुमान नगरबाट झन्डै एक सयको संख्यामा आएका भारतीयले सशस्त्र प्रहरीको पोष्टमथि आक्रमण गरेका हूँन lस्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले बताउनु भयो ।

दुईजना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले प्रवेश गर्न रोकेपछि ठूलो संख्यामा भारतीयहरु आएर आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो l अहिले दुवै देशका सुरक्षाकर्मीहरु घटनास्थल पुगेको र स्थिति सामान्य भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ l      फोटो साभार:उज्यालोबाट

अन्तिम अपडेट:२०७७/ बैशाख २५ बिहीबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?