काठमाण्डौ २५ बैशाख-कपिलवस्तुमा थप दुई २ जनामा कोरोना सङ्क्रमितको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरस सङ्क्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना सङ्क्रमित पुष्टि हुनेको संख्या १ सय १ पुगेको छ । यामध्ये २२ जना निको भैसकेका छन l
अन्तिम अपडेट:२०७७/ बैशाख २५ बिहीबार