एजेंसी २६ बैशाख –छिमेकी मुलुकमा कहिले कोरोना भाइरसले क्रान्ति मचाएको छ l ज्यानमारा कोरोना भाइरसले हिजो(बिहीबार) १०६ जनाको ज्यान लिएको छ । समाचार तयार पारुन्जेल सम्म भारतमा १८९० जनाको मृत्यु भइसकेको भारतीय संचारमाध्यमले जानाएका छन। बितेको गत पछिल्लो २४ घण्टामा सबैभन्दा बढ़ी महाराष्ट्रमा ४३ जना संक्रमितको मृत्यु भएको छ । उनीहरु मध्ये २५ जना मुम्बईका रहेको भारतीय संचार गृहले जानाएका हुन्।
अहिलेसम्म मुम्बईमा ६९४ मानिसको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाई सकेका छन।यस्तै गुजरातमा हिजो (बिहीबार) मात्रा २९ जनाको ज्यान गएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या ४२५ पुगेको छ । मध्य प्रदेशमा ८, पश्चिम बंगालमा ७, राजस्थानमा ६ उत्तर प्रदेश, तमिलनाडु, दिल्ली र आन्ध्र प्रदेशमा दुई–दुईजनाको हिजो (बिहीबार) मात्रै ज्यान गएको भारतीय अधिकारीलाइ उदृत गर्दै भारतीय संचारसंस्थाले जानाएका छन ।
यस्तै पञ्जाब, कर्नाटक, हरियाण र जम्मु कश्मीरमा १–१ संक्रमितको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।कोरोना भाइरसका कारण भारतमा एक पत्रकारको पनि मृत्यु भएको छ। आगरामा पत्रकार पंकज कुलश्रेष्ठको मृत्यु भएको हो ।उनी आगराको एसएन मेडिकल कलेजमा भर्ना भएका थिए । बिहीबार अबेर राति उनको मृत्यु भएको टाइम्स ऑफ़ इंडियाले जनाएको छ ।
अन्तिम अपडेट:२०७७/ बैशाख २६ शुक्रबार