काठमाडौं २६ बैशाख-कोरोना भाइरसबाट बाच्नको लागी सरकारले गरेको लकडाउनको आज ४५ औ दिन पूरा भएको छ l यस अवधि सम्म कतै जनतालाइ उचित राहत भेतिएको भने अर्कातिर मुकुलमा भष्टचार छ्यापछुपरुपमा नै वृद्धि भएको अख्तियार दुरुपियोग अनुसन्धान आयोगले जनाएको छ l
कतै जनतालाइ राहत दिएको छैन भने कतै राहतको नाउको नामका लाखो रुपैयाको दुरूपयोग हुनेगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिनेको संख्या ह्वात्तै बढेको छ । इमेल, वेभसाईट, फेसबुक, भाइबर, ट्विटर, हटलाइन र टोलफ्री नम्बरबाट उजुरी गर्नेको संख्या बढेको हो ।
वैशाख महिनाको पहिलो दुई हप्तामै ५ सय भन्दा बढी उजुरी पपरेको प्रवक्ता अख्तियारको प्रदीप कुमार कोइरालाले बताउनुभयो । अन्य समयको तुलनामा लकडाउनको बेला अनलाइन उजुरी दिनेको संख्या धेरै रहेको अख्तियारका प्रवक्ता कोइरालाको भनाई छ ।लकडाउनका बेला परेका उजुरीहरू स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण, राहत वितरणसँग सम्बन्धि रहेको उख्तियार निकट श्रोतले जनाएको छ।
अन्तिम अपडेट:२०७७/ बैशाख २६ शुक्रबार