सर्लाहीको हरिपुर्वा क्वारेन्टाइनमा अज्ञात समुहद्वरा हमाला

५ years अगाडी teraibulletin

सर्लाहीको हरिपुर्वा क्वारेन्टाइनमा अज्ञात समुहद्वरा हमाला

धर्मेन्द्र कुमार यादव- महोत्तरी, बैशाख २६ गते,
सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका द्वारा कोरोना रोकथामको लागि सन्चालित क्वारेन्टाइनमा बिहिवार राती अपरचीत व्यक्ती द्वरा तोडफोड गरिएको छ।

बिहिवार राती करिब ११ बजे चार जनाको समुहमा अपरचित व्यक्ती आएर तोडफोड गरेको छ। क्वारेन्टाइनमा हेरचाख गर्नको लागि राखिएको तीन जना मध्ये दुई जना घर गएको बेला अपरचित नकाबधारी चार जनाको समुहले मुलढोका तोडेर भित्र पसी खाना बनाउने घरमा लुकेर बसेका इन्ताज सेख लाई बाहिर निकाली विभिन्न किसिमको गाली गलौज गर्नुको साथै धाक धम्की दिएर सबै समानहरु लाई यता उता गरेर आतंक मचाएका थिए।

सुरक्षाकर्मी नभएको कारन यस्तो घटना भएको र सुनसान ठाउमा क्वारेन्टाइन भएको कारन यस्तो घटना भएको कुरा स्थानिय युवा बिरेन्द्र यादवले बताएको छ।

यस्तो बिपत घडिमा क्वारेन्टाइन भित्र भएको तोडफोडको घटना निन्दनिय छ, दोसी जो सुकै होस चाडै खोज बिन गरी कानुन अनुसार कार्यबायी गरिने कुरा हरिपुर्वा नगरपालिकाका मेयर सियाराम रायले बताएको छ।
क्वारेन्टाइनमा कामगर्ने हरुको माग रहेको छ कि हामिलाइ जीवन बिमा गरिनु पर्यो, ppe को व्यबस्था हुनुपर्ने कुरा अकबर मंसुरले जनाएको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?