कोरोना भाइरसबाट विश्वभर ४१ लाख संक्रमित, भारतमा मात्रै ६२ हजार नाघे

५ years अगाडी teraibulletin

कोरोना भाइरसबाट विश्वभर ४१ लाख संक्रमित, भारतमा मात्रै ६२ हजार नाघे

एजेन्सी । कोरोना भाइरसबाट विश्भर संक्रमित हुनेको संख्या ४१ लाख नाघेको छ । संक्रमितको करिब एकतिहाइ संख्या भने उत्तर अमेरिकामा रहको छ । अमेरिकामा मात्रै संक्रमिको संख्या १३ लाख ४७ हजार भन्दा बढी पुगेको छ ।

त्यस्तै भारतमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६२ हजार भन्दा बढी पुगेको छ
। संक्रमणका कारण मर्नेको संख्या २ हजार नाघेको छ । शनिबार साँझको वल्ड्रोमिटरको तथ्याँकअनुसार भारतमा संक्रमणका कारण मर्नेको संख्या २ हजार ८९ पुगेको हो । त्यस्तै संक्रमितहरुको संख्या ६२ हजार ७ सय ६९ पुगेको छ । शनिबार सीआरपीएफका ६२ जना जवानमा कोरोना संक्रमण भेटिएको छ ।

भारतको महाराष्ट्रमा ११६५, गुजरातमा ३९४, मध्यप्रदेशमा ११६, तमिलनाडुमा ५ सय २६, उत्तरप्रदेशमा १५९, राजस्थानमा १२९, पश्चिम बंगालमा १०८, पञ्जाबमा ३१ जनासहित २ हजार ८ सय जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । केरोना संक्रमितहरु मध्ये करिब १८ हजार जना निको भएर फर्किएको छन् ।

नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय १० पुगिसकेको छ । उदयरपुरमा थप एकजना भेटिएसँगै संक्रमित संख्या बढेको हो । त्यस्तै संक्रमित भएकामध्ये ३१ जना निको भएर घर फर्किसकेका छन् ।

संक्रमणका कारण विश्वभर मर्नेको संख्या २ लाख ७८ हजार ६ सय ३३ पुगेको छ । त्यस्तै संक्रमितमध्ये १४ लाखभन्दा बढी मानिस निको पनि भइसकेका छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?