मामा घर आएकी बालिकाको पोखरीमा डूबेर ज्यान गयो

५ years अगाडी teraibulletin

मामा घर आएकी बालिकाको पोखरीमा डूबेर ज्यान गयो

पर्सा २८ वैशाख –मामा घर आएकी एक बालिकाको माछा मार्ने क्रममा  पोखरीमा डूबेर मृत्यु भएको छ l पर्साको छिपहरमाई गाउपालिका वडा न:-४ बंजारिमा मामा घर आएकी बीरगंज माहानगरपालिका वडा :-२७ उदयपूरघुर्मी घर भएको मोतोलाल यादवको सात बर्षीय छोरी अंजली कुमारीको पोखरीमा डूबेर ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ l

बन्जारी स्थित शिव राउतको घरमा (मामा घर) आएकी अंजलीको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको खबर थाह पाए लगतै प्रहरी घटना स्थलमा पुगी शवको मुचुल्का उठाई परिक्षणको लागि नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक सिंहले बताए ।

अन्तिम अपडेट:२०७७/ बैशाख २८ आइतबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?